काठमाडौँ । अबदेखि नेपालको सेयर बजार हप्तामा ४ दिन मात्रै सञ्चालन हुने भएको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर कारोबारमा पनि त्यसको प्रभाव परेको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ, जुन चैत २३ गतेदेखि लागू हुनेछ। यससँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि ती दुई दिन बन्द रहनेछ।
हालसम्म सेयर बजार आइतबार देखि बिहीबार सम्म सातामा ५ दिन खुल्ने व्यवस्था थियो। तर, नयाँ निर्णयपछि आइतबार पनि बिदा परेपछि अब बजार सोमबार देखि बिहीबार सम्म मात्रै सञ्चालन हुने भएको छ।
नेप्सेले शुक्रबार बजार खोल्ने विषयमा अहिलेसम्म कुनै निर्णय नगरेकाले तत्कालका लागि हप्तामा ४ दिन मात्रै कारोबार हुने अवस्था बनेको हो।




.gif)





