images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग...

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ स्राजेश काजी श्रेष्ठ

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ स्राजेश काजी श्रेष्ठ

images
images
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • पोखरा। नेपाल चेम्बर अफ कमर्स को हीरक जयन्तीको अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्की ले समसामयिक आर्थिक अवस्थाबारे अन्तरक्रिया, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा २०८३ सालको क्यालेण्डर सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम हीरक जयन्ती समारोहका संयोजक तथा पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठ को प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।

    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कोरोला नाका सञ्चालनमा आएसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्नुभयो। परम्परागत व्यापारिक मार्गमा मात्र निर्भर रहने समय सकिएको भन्दै उहाँले नयाँ नाकाहरूको प्रभावकारी उपयोगमार्फत व्यापार विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले भन्नुभयो, “कोरोला नाका केवल भौगोलिक पहुँच मात्र होइन, यो नेपालको व्यापारिक भविष्यसँग जोडिएको रणनीतिक अवसर हो। यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सके पश्चिम नेपाललाई क्षेत्रीय व्यापार केन्द्रका रूपमा विकास गर्न सकिन्छ।”

    images
    images

    श्रेष्ठले चीनसँगको व्यापार सन्तुलन सुधार गर्न तथा आयात–निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन आधुनिक आपूर्ति शृङ्खला, भन्सार प्रणाली सुधार र ढुवानी व्यवस्थापन सुदृढ बनाउनु आवश्यक रहेको धारणा राख्नुभयो। साथै, व्यवसायीहरूले लागत घटाउने, गुणस्तर वृद्धि गर्ने र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिनुपर्ने बताउनुभयो।

    “व्यापार सहजीकरणका लागि नीतिगत स्पष्टता, पूर्वाधार विकास र डिजिटल प्रविधिको व्यापक प्रयोग अपरिहार्य भइसकेको छ। Doing Business सहज नहुँदासम्म विदेशी लगानी आकर्षित गर्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ,” उहाँले भन्नुभयो।

    श्रेष्ठले कोलकाता बन्दरगाह लगायतका अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत आयात–निर्यातलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउँदै बहुविकल्पीय व्यापार मार्गको विकासले नेपालको व्यापारलाई सुरक्षित र दिगो बनाउने विश्वास व्यक्त गर्नुभयो।

    पर्यटन क्षेत्रतर्फ उहाँले पोखरा लाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा सुदृढ बनाउन चीन र भारतबाट पर्यटक भित्र्याउन रणनीतिक योजना आवश्यक रहेको बताउनुभयो। विमानस्थलहरूको अधिकतम उपयोग, उडान संख्या वृद्धि र सेवा गुणस्तर सुधारमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

    कार्यक्रममा उमराज बास्तोला ले सरकारद्वारा राजश्व अनुसन्धान आयोग खारेज गर्ने निर्णयको स्वागत गर्दै कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउन आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्रको मनोबल उच्च बनाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो।

    कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय विस्तारका रणनीतिबारे अन्तरक्रिया गरिएको थियो। विभिन्न उद्योगी, व्यवसायी, विज्ञ तथा संघ–संस्थाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए।

    पोखराका उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम हीरक जयन्तीलाई अर्थपूर्ण बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।

    नेपाल चेम्बर अफ कमर्स को स्थापना २००७ सालमा भई विगत ७५ वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योगी–व्यवसायीहरूको हकहितमा निरन्तर काम गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइयो।

    कार्यक्रममा पोखरा चेम्बरका सल्लाहकारहरू, विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend