images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • नागढुङ्गा सुरुङमार्गको प्रयोग शुल्क तोकियो, कुन...

नागढुङ्गा सुरुङमार्गको प्रयोग शुल्क तोकियो, कुन सवारीलाई कति लाग्छ ?

नागढुङ्गा सुरुङमार्गको प्रयोग शुल्क तोकियो, कुन सवारीलाई कति लाग्छ ?

images
images
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सरकारले आधिकारिक शुल्कदर सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग प्रयोगबापत लाग्ने दस्तुर निर्धारण गरिएको जानकारी दिएको हो।

    images
    images

    मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) बमोजिम दिएको अधिकार प्रयोग गरी उक्त शुल्कदर तोकेको हो। मन्त्रिपरिषद्ले गत साउन २६ गते नै निर्णय गरे पनि सोही आधारमा अहिले राजपत्रमार्फत सार्वजनिक गरिएको जनाइएको छ।

    यस्तो छ सवारीसाधनअनुसार शुल्कदर:
    कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी
    काठमाडौं प्रवेश गर्दा: रु ६५
    काठमाडौं बाहिरिँदा: रु ६०
    मिनीबस, मिनी टिपर/ट्रक
    प्रवेश गर्दा: रु ११५
    बाहिरिँदा: रु ८०
    बस तथा ट्रक (सिङ्गल रियर एक्सल)
    प्रवेश गर्दा: रु २६०
    बाहिरिँदा: रु २००
    मल्टी एक्सल ट्रक तथा भारी उपकरण
    प्रवेश गर्दा: रु ६००
    बाहिरिँदा: रु २५०

    images
    images

    सरकारले सुरुङमार्गको सञ्चालन, मर्मत तथा व्यवस्थापन खर्च धान्न र पूर्वाधार उपयोगको आधारमा राजस्व संकलन गर्न यस्तो शुल्क प्रणाली लागू गरिएको जनाएको छ।

    नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश तथा बाहिरिने सवारीसाधनको यात्रा समय घट्ने, ट्राफिक जाम कम हुने र इन्धन खपतमा समेत कमी आउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend