images

२०८३ आश्विन २ गते

images
images
images

लेबनानमा रातभर आक्रमण

लेबनानमा रातभर आक्रमण

images
images
आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • बेरुत । लेबनानमा रातभर इजरायलले घातक हवाई तथा तोप आक्रमण गरेको छ । आक्रमण जारी रहँदा थुप्रै मानिसको मृत्यु भएको जनाइएकाे छ ।सरकारी सञ्चारमाध्यम नेशनल न्युज एजेन्सीका अनुसार इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानका दुई सहरमा आक्रमण गरेका थिए भने अर्को क्षेत्रमा तोपबाट गोलाबारी गरिएको थियो ।मारूब सहरमा एक घरमाथि गरिएको आक्रमणमा एकै परिवारका सातभन्दा बढी सदस्यको मृत्यु र घाइते भएको जनाइएको छ । यसबाहेक आइतबार बिहानसम्म विभिन्न क्षेत्रमा थप आक्रमणहरू जारी रहेको रिपोर्ट गरिएको छ ।

    images
    images

    इजरायलले मार्चको सुरुवातदेखि हिज्बुल्लाह विरुद्ध अभियान चलाइरहेको छ । इरान समर्थित उक्त समूहले अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणपछि इजरायलतर्फ रकेट प्रहार गरेपछि द्वन्द्व चर्किएको हो ।इजरायल रक्षा बल (आईडीएफ)ले आइतबार बिहान सामाजिक सञ्जालमार्फत दक्षिणी लेबनानको जोया क्षेत्रमा प्रहारका लागि तयार अवस्थामा रहेको रकेट लन्चर नष्ट गरेको दाबी गरेको छ ।‘इजरायलमाथि आक्रमण गर्नुअघि नै उक्त लन्चरलाई छिटो कारबाही गर्दै नष्ट गरिएको हो,’ आईडीएफले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend