images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आजको मौसम हिमाली क्षेत्रमा वर्षा हिमपातको...

आजको मौसम हिमाली क्षेत्रमा वर्षा हिमपातको सम्भावना

आजको मौसम हिमाली क्षेत्रमा वर्षा हिमपातको सम्भावना

images
images
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौँ । आज देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ।

    images
    images

    मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

    आज राति भने हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने पहाड र तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा भने मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

    images
    images

    मौसमविद्हरूले विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्ने र उच्च पहाडी भेगमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend