images

२०८३ आश्विन २ गते

images
images
images

प्रहरीको सहयोगमा व्यवस्थित स्थानान्तरण

प्रहरीको सहयोगमा व्यवस्थित स्थानान्तरण

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ, १६ वैशाख । काठमाडौँ उपत्यकाका विभिन्न खोला किनारमा रहेका अतिक्रमित बस्ती तथा भूमिबिहीन नागरिकहरूको व्यवस्थापन र सुरक्षित स्थानमा स्थानान्तरण कार्यलाई सहजीकरण गर्न नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गरिरहेको छ।

    images
    images

    हाल उपत्यकाका बागमती, विष्णुमती, मनोहरा लगायतका नदी किनार क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरू बाढी तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेका कारण सरकारको योजनाअनुसार उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने पहल अघि बढाइएको हो। यस कार्यमा स्थानीय तह, सम्बन्धित निकाय र सुरक्षा निकायबीच समन्वय बढाइएको छ।

    नेपाल प्रहरीले स्थानान्तरण प्रक्रियामा शान्ति सुरक्षा कायम राख्नुका साथै नागरिकलाई सचेतना प्रदान गर्ने, विवाद न्यूनीकरण गर्ने तथा व्यवस्थापन कार्यलाई सहज बनाउन सहयोग गरिरहेको जनाएको छ। प्रहरीको सक्रियताले स्थलान्तरण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको सम्बन्धित निकायले बताएका छन्।

    images
    images

    सरकारले दीर्घकालीन समाधानका रूपमा भूमिबिहीन तथा सुकुम्बासी नागरिकहरूको पहिचान गरी आवास व्यवस्थापन गर्ने योजना अघि बढाएको छ। यसै क्रममा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित र व्यवस्थित बस्तीमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिइएको छ।

    यस पहलले उपत्यकाको नदी किनार संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न तथा विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend