images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती...

काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु

काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु

images
images
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • काभ्रेपलाञ्चोक, २३ वैशाख । काभ्रेपलाञ्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन् । 

    images
    images

    जिल्लाका मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले सार्वजनिक जग्गा व्यवस्थापनसम्बन्धी सूचना जारी गर्दै अनधिकृत जग्गा खाली गर्न अपिल गरेका हुन् । 

    जिल्ला प्रशासन कार्यालयको पत्रानुसार पनौती नगरपालिकाले रोशी, पुण्यमाता, लिलावती, बाँसडोललगायत खोला नदीछेउका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका व्यक्तिहरुको सूचना प्रकाशन गरी १५ दिनभित्र आ–आफ्ना सामान सुरक्षित गरी उक्त क्षेत्र खाली गर्न सूचना गरेको छ । 

    images
    images

    यस्तै, अतिक्रमित बसोबासीले तोकिएको समयसीमाभित्र खाली नगरेमा नेपाल सरकारको नीति तथा आदेशानुसार हटाइने जनाइएको छ । यद्यपि, सूचनाअनुसार सात दिनभित्र तत् परिवारले वडा कार्यालयमा सूचित गर्न अपिल गरिएको छ । 

    यसैगरी, मण्डनदेउपुरले पनि स्थानीय प्रशासनको पत्रानुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणअनुसार सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका परिवारको अद्यावधिक विवरण पठाउन वडा कार्यालयलाई अनुरोध गरेको जनाएको छ । 

    प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालका अनुसार सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित भएको भएमा उक्त जग्गा खाली गराउन पनि आवश्यक सूचना जारी गरी नगर कार्यालयलाई जानकारी गराउन वडा कार्यालयलाई आदेशानुसार पत्राचार गरिएको हो । 

    यसैगरी, भुम्लु गाउँपालिकाले पनि बुधबारदेखि चाखोलादेखि दोलालघाट बजार क्षेत्रमा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेका संरचनाको नाप जाँच सुरु गरेको छ । गाउँपालिकाले सरकारी  सार्वजनिक जग्गा छुट्याउन उक्त प्रक्रिया थालेको जनाएको छ । 

    यसैबीच, भूमि समस्या समाधान आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकले वैशाख तेस्रो सातासम्म तयार गरेको विवरणअनुसार काभ्रेपलाञ्चोकमा पाँच हजार ८५६ जनाले ‘भूमिहीन’का रूपमा आवेदन दर्ता गराएका छन् । जसमा अव्यवस्थित बसोबासी पाँच हजार सात, भूमिहीन सुकुमवासी छ सय ६९ घरपरिवार र भूमिहीन दलित एक सय ८० परिवार रहेको तथ्याङ्कमा उल्लेख छ । 

    तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा कम भूमिहीन बेथान्चोक गाउँपालिकामा रहेका छन् । बेथानचोकमा चार घरपरिवार मात्रै अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै, चौरीदेउरालीमा १०, महाभारतमा ११ र भुम्लु गाउँपालिकामा १५ परिवार अव्यवस्थित बसोबासी छन् ।भने तेमाल गाउँपालिमा २० परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।  

    यसैगरी, सबैभन्दा धेरै मण्डनदेउपुरमा दुई हजार २३३ परिवार भूमिहीन छन् । नगरमा दुई हजार १२७ परिवार अव्यवस्थित बसोबासी छन् भने ६५ परिवार सुकुमवासी, ४१ परिवार भूमिहीन दलित छन् । बनेपा नगरमा दुई सयमध्ये ९७ परिवार अव्यवस्थित बसोबासी छन् भने धुलिखेलमा आठ सय १३  परिवार सोही प्रकृतिका छन् । जसमध्ये छ सय ८८ परिवार अव्यवस्थित छन् भने एक सय छ परिवार सुकुमवासी र १९ दलित परिवार भूमिहीन छन् । 

    पाँचखालमा छ सय ९० परिवारले पुर्जा नभएको भन्दै आवेदन दिएका छन् । नमोबुद्धमा एक हजार ६५, पनौतीमा एक सय ६६, रोशीमा एक सय ६३ र खानीखोलामा चार सय ६६ घर परिवारसँग पुर्जा नभएको जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend