images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च...

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • मुस्ताङ, २५ वैशाख । नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । यहाँको घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो ।

    images
    images

    उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।

    अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चार जना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिब ५५ जनाभन्दा बढीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ ।

    images
    images

    उच्च हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने र यस प्रकारका जोखिमयुक्त स्थानमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन उद्धारकार्यलाई प्रभावकारी तुल्याउन प्राविधिक सीप र कलाको विकासले खोज तथा उद्धारमा सहयोग पुग्ने इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिएका छन । खोज तथा उद्धार अभ्यासअन्तर्गत हिमनदी र पर्वतीय खोंचमा पसेका यात्रीलाई सुरक्षित उद्धार लगायतका अभ्यास हुने उहाँले बताएका छन।

    ‘रेस्क्यु’ अभ्यासअन्तर्गतको पहिलो दिन इन्द्रबक्स गणको नजिकैको विशाल चट्टानी पहाडमा डोरीको सहायताबाट रक क्लामिङको नमूना अभ्यास गरी ‘रेस्क्यु’ अभ्यास गरिएको हो । त्यसैगरी अभ्यासको दोस्रो दिन आज (शुक्रबार) घरपझोङ गाउँपालिका–५ स्थित  सैनिक उच्च शिखर शिक्षालय नजिकै रहेको हिमनदी इलाकामा ‘रेस्क्यु’ अभ्यास हुने इन्द्रबक्स गणले जनाएको छ । उक्त स्थान समुद्री सतहको चार हजार मिटरको उचाइमा छ । हिमनदी र हिउँ पहिरो जाने क्षेत्रमा अलपत्र परेका पदयात्रीको खोज तथा उद्धारकार्यको कृत्रिम अभ्यास गरिने जनाइएको छ ।

    अभ्यास कार्यक्रमको पश्चिम पृतना हेडक्र्वाटरका पृतनापति एवं उपरथि भोलानाथ थापा, २३ नंं बाहिनीका बाहिनीपति एवं सहायक रथि विजय केसी, सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशील प्याकुरेल र इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी गौरवध्वज खाँडले अवलोकन गरेका थिए ।
     
    त्यसैगरी, अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुरक्षा प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो । उच्च उचाइको क्षेत्रमा गरिने यस प्रकारका खोज तथा उद्धार अभ्यासले हिमाली क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकको उद्धारकार्यमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend