images

२०८३ आश्विन २ गते

images
images
images

आठौँ भाषा प्रशिक्षण सोमबारदेखि

आठौँ भाषा प्रशिक्षण सोमबारदेखि

images
images
शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • काठमाडौँ, २६ वैशाख । पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सोमबारदेखि सुरु हुने भएको छ।

    images
    images

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा सोमबारदेखि चिनियाँ भाषा सुरु हुन लागेको हो ।

    नेपाल पर्यटन वोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीलाई चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिइएका हो ।

    images
    images

    कार्यक्रममा नेपाल पर्यटन वोर्ड सञ्चालक समितिका अध्यक्ष एवम् पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले  चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका छन । उनले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख ग्रे । पर्यटन विस्तार र अन्तरराष्ट्रिय सम्बन्ध प्रवद्र्धनमा भाषाको योगदान महत्वपूर्ण भएको उनको भनाइ थियो ।
     
    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले चिनियाँ पर्यटकको प्रमुख रोजाइको गन्तव्य नेपाल बनेको बताएका छन ।

    अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको उनको भनाइ थियो । “चिनियाँ भाषा तालिम कार्यक्रम चीन–नेपाल जनस्तरीय आदानप्रदानको महत्वपूर्ण कार्यक्रम बनेको छ,” उनले भने ।

    नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले चिनियाँ भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे।

    नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिशचन्द्र साहले सन् २०१६ देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको आठौँ संस्करणसम्म आइपुग्दा २८० भन्दा बढी पर्यटन व्यवसायीले चिनियाँ भाषा प्रशिक्षण प्राप्त गरिसकेको जानकारी दिए ।

    प्रशिक्षण कक्षा यहीवैशाख २८ गते सोमबारदेखि सुरु हुनेछ । कक्षा भने बेलुका ५ देखि ७ बजेसम्म हुने नेपाल पर्यटन वोर्डले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend