images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • रिलायबल समृद्धि योजना २ मा आवेदन...

रिलायबल समृद्धि योजना २ मा आवेदन दिने आज अन्तिम दिन

रिलायबल समृद्धि योजना २ मा आवेदन दिने आज अन्तिम दिन

images
images
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ, ८ जेठ । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडले वैशाख २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना २’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    images
    images

    यसअघि योजना अनुसार जेठ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको भए पनि मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपछि निष्काशन बन्द गर्न लागिएको हो।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको सामूहिक लगानी योजना हो।

    images
    images

    निष्काशन गरिएको कुल १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ। यसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई तथा १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

    उक्त योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

    यसका साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ सफ्टवेयर मार्फत सी–आस्बा प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    यस म्युचुअल फण्डको रेटिङका लागि क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ४ प्लस’ रेटिङ प्रदान गरेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend