images

२०८३ आश्विन २ गते

images
images
images

खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • महेन्द्रनगर (कञ्चनपुर), २५ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।

    images
    images

    महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरबाट भीमदत्त नगरपालिकाको विकट बस्ती खल्ला मसेटीमा औषधिसहितको स्वास्थ्य सेवाबाट स्थानीय ९३ जना लाभान्वित भएको शिक्षालयका निर्देशक प्रमल साउदले जानकारी दिएका छन् ।

    “सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यअनुरुप हामीले रु एक लाखको औषधिसहितको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकसहितको सेवा प्रदान गरेका हौँ”, निर्देशक साउदले भनेका छन् ।, “प्राविधिक शिक्षासँगै शिक्षालयले कञ्चनपुरमा विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ ।”

    images
    images

    त्यसैगरी स्वास्थ्य शिविरमा महिला ५४ र पुरुष ३९ जनाले सेवा लिएको चिकित्सक डा गोविन्द रोकायाले जानकारी दिएका छन् । उनले छाला, पेट, दम, मधुमेहलगायतका बिरामीले सेवा लिएका बताउनुभयो । त्यसका साथै शिविरमा १७ महिला र २१ पुरुषले प्रयोगशाला सेवा समेत लिएका थिए । 

    स्वास्थ्य शिविर उद्घाटनमा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, शिक्षालयका निर्देशक साउद, महाकाली प्रादेशिक अस्पतालका डा अर्जुन भट्ट लगायतको सहभागिता थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend