images

२०८३ आश्विन २ गते

images
images
images

ट्राभल तथा टूर व्यवसायीलाई दुईदिने तालिम प्रदान

ट्राभल तथा टूर व्यवसायीलाई दुईदिने तालिम प्रदान

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ, १९ असार । नेपाल पर्यटन बोर्डले ट्राभल तथा टूर व्यवसायीलाई कर र कानुनी अनुपालना सम्बन्धी दुईदिने तालिम प्रदान गरेको छ । बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टूर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एन्ड टूर एजेन्सी सञ्चालन गर्दै आएका ५० व्यवसायीलाई तालिम प्रदान गरेको हो ।

    images
    images

    बिहीबारदेखि सुरु भएको तालिममा विभिन्न किसिमका कर, पर्यटन क्षेत्रमा लागू हुने कर, कर तिर्दा ध्यान दिनुपर्ने विषय, कानुनले प्रदत्त गरेको व्यवस्था, पालना गर्नुपर्ने कानुनी तथा अन्य व्यावहारिक पक्षलगायत विषयमा जानकारी गराइएको थियो ।

    कर र भ्याटसम्बन्धी ऐन, कानुनसम्बन्धी ज्ञानको अभावमा साना व्यवसायीले ठूलो जरिवाना र झन्झट व्यहोर्नुपरेको भन्दै तालिम प्रदान गरिएको नेपाल पर्यटन बोर्र्डले जनाएको छ । बोर्डले कर भुक्तानी प्रक्रियाबारे हुने अज्ञानता वा लापरबाहीले कडा जरिवाना भोग्नुपर्ने अवस्था आउने उल्लेख गर्दै यसबाट सचेत रहनुपर्ने जनाएको छ ।

    images
    images

    सोट्टो नेपालका अध्यक्ष मानबहादुर शाहीले व्यवसायीले करका विषयमा व्यहोर्नुपरेको झन्झटलाई निवारण गर्दै सहज करप्रणालीलाई अवलम्बन गर्ने उपायका विषयमा आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले एजेन्सीलाई तालिम दिइएको बताए ।

    “कर कानुनमा हरेक वर्ष परिवर्तन हुन्छन् । यद्यपि, करका आधारभूत सिद्धान्त स्थिर रहने भएकाले यससम्बन्धी ज्ञान व्यवसायको दीर्घकालीनताका लागि उपयोगी हुने र आर्थिक अनुशासन र पारदर्शिता बढाउन तालिमले सहयोग गर्नेछ”, उनले भने । व्यवसाय गर्नेहरू करसम्बन्धी सैद्धान्तिक जानकारीको अभावमा ठूलो जरिवानामा नपरुन् भनेर तालिम दिइएको उनले उल्लेख गरे ।

    बिहीबारदेखि सुरु भएको तालिम आज सम्पन्न हुनेछ । बोर्डले सोट्टो नेपालसँगको सहकार्यमा आगामी महिना कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धमा पनि एजेन्सी एवं पर्यटन व्यवसायीलाई तालिम प्रदान गर्ने जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend