images

२०८३ आश्विन २ गते

images
images
images

ग्लोबल आइएमईको ‘एआई ह्याकाथन २०२६’ शुभारम्भ

ग्लोबल आइएमईको ‘एआई ह्याकाथन २०२६’ शुभारम्भ

१४ टोलीबीच ३६ घण्टे प्रतिस्पर्धा

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ शुक्रबारदेखि सुरु गरेको छ।

    images
    images

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्।

    नेपालको बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्ष पहिलोपटक आयोजना गरिएको ह्याकाथनको यो दोस्रो संस्करण हो। प्रतियोगितामा प्रविधिमा रुचि भएका विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताबाट खुला आवेदनमार्फत उत्कृष्ट १४ टोली छनोट गरिएको बैंकले जनाएको छ।

    images
    images

    दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगिताको पहिलो चरणमा सहभागीहरूले ३६ घण्टासम्म निरन्तर कोडिङ गर्नेछन् भने दोस्रो चरणमा अनसाइट ह्याकाथन आयोजना हुनेछ। प्रतियोगीहरूको आवासीय व्यवस्थासमेत बैंकले मिलाएको छ।

    प्रतियोगितामा सहभागी टोलीहरूले बैंकिङ सेवालाई अझ सुरक्षित, सहज र प्रविधिमैत्री बनाउने एआई तथा एमएलमा आधारित नवीन अवधारणा र समाधान प्रस्तुत गर्नेछन्।

    उद्घाटन कार्यक्रममा बोल्दै सीईओ रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका भावी सेवाको विकास तथा यस क्षेत्रमा देखिने चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै ग्लोबल आइएमई बैंकसँग व्यावसायिक सहकार्य गर्ने अवसर पनि प्रदान गरिने जानकारी दिए।

    आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका लागि ग्लोबल आइएमई बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि हासिल गरेको छ। साथै युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४ र २०२५), बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयर लगायतका प्रतिष्ठित अवार्डसमेत प्राप्त गरेको छ।

    ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४४ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend