images

२०८३ आश्विन २ गते

images
images
images

सावाखोलामा पक्की पुल निर्माण

सावाखोलामा पक्की पुल निर्माण

images
images
आइतवार, आषाढ २१ २०८३
आइतवार, आषाढ २१ २०८३
  • खोटाङ, २१ असार । सावाखोलामा रु तीन करोड सात लाख ७३ हजार ५९८ को लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ । 

    images
    images

    निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । सङ्घीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो । 

    पक्की पुल निर्माण भएसँगै खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकमा  बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । यो पुल २० दशमलव ९० मिटर लामो छ । 

    images
    images

    यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक धमाधम स्तरोन्नति भइरहेको छ । यसनिम्ति कोशी प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend