images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज १४ जिल्लामा आकस्मिक बाढीको जोखिम,...

आज १४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

आज १४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न १४ जिल्ला भएर बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

    images
    images

    मुख्य नदीहरूको अवस्था भने हाल सामान्य रहेको महाशाखाले उल्लेख गरेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ । यसैगरी कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामै रहेको बुलेटिनमा जनाइएको छ ।भोलि र पर्सिको मौसम पूर्वानुमान हेर्दा बाढीको जोखिम देशको पूर्वी र मध्य भागतिर सर्ने देखिएको छ । महाशाखाका अनुसार भोलि असार २३ गते र पर्सि असार २४ गते कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भई बहने केही स-साना नदीहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ । नदी तटीय क्षेत्र र जोखिमका आसपास रहने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend