काठमाडौँ, २९ असार । साताको पहिलो कारोबार दिन प्रि–ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव १२ अंकले घटेर २ हजार ५ सय ९९ दशमलव ६५ विन्दुमा पुगेको छ।
यस अवधिमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ०३ अंकले सामान्य वृद्धि भएको छ।
प्रि–ओपनमा ३७ कम्पनीका ११ हजार ६ सय ८७ कित्ता शेयर ५५ पटकको कारोबार मार्फत ४७ लाख १ हजार रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएको छ।
कारोबार भएका कम्पनीमध्ये १४ कम्पनीको शेयर मूल्य बढ्दा २० कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)





