images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ...

स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको सामाजिक योगदान

स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको सामाजिक योगदान

images
images
सोमवार, आषाढ २९ २०८३
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याण प्रवर्द्धनका लागि विभिन्न स्वास्थ्य संस्था तथा स्थानीय तहलाई व्हिलचेयर र अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

    images
    images

    बैंकले सल्यान जिल्ला अस्पताल, त्रिवेणी स्वास्थ्य चौकी, रंगेली अस्पताल तथा ओमसतिया गाउँपालिकामार्फत कुल २६ वटा व्हिलचेयर वितरण गरेको जनाएको छ।

    यस्तै, पथरी नगर अस्पताललाई चार वटा तीन सिटे कुर्सी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई तीन वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यानस्थित जनकल्याण आधारभूत विद्यालयलाई चार वटा आरओ वाटर प्युरिफायर उपलब्ध गराइएको बैंकले जनाएको छ।

    images
    images

    बैंकका अनुसार उक्त सहयोगले स्वास्थ्य संस्थाको सेवा प्रवाह सहज बनाउन, स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न तथा समुदायको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend