images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • गरिमा विकास बैंकले एकैसाथ सञ्चालनमा ल्यायो...

गरिमा विकास बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ३ नयाँ डिजिटल बैंकिङ सेवा

गरिमा विकास बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ३ नयाँ डिजिटल बैंकिङ सेवा

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ ।बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो ।गरिमा प्रिपेड डलर कार्ड मार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ ।

    images
    images

    त्यसैगरी, गरिमा एइक् टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन् ।यस सेवाले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।यसैगरी, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवा मार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य कुनैपनि बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाईल एपबाट गरिमा इन्टरबैंक क्यूआर स्क्यान गरि गरिमा विकास बैंकको जुनसुकै शाखबाट सहजरुपमा नगद प्राप्त गर्न सक्नेछन् ।

    डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आईरहेको आफ्‌ना ग्राहकहरूलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै जाने बैंकले जनाएको छ ।बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल ईकोसिस्टम मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend