images

२०८३ आश्विन २ गते

images
images
images

सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन

सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • सुर्खेत । सुर्खेतमा सवारी साधनको कारबाहीबाट करोड भन्दा धेरै रकम राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्ष २०८२/२०८३ मा १ करोड ३२ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए।उनका अनुसार, यो राजस्व ट्राफिक नियम उल्लङ्घन गर्ने वा विभिन्न कानुनी कारबाहीमा परेका सवारी साधनबाट सङ्कलन भएको हो। गत वर्ष सुर्खेत जिल्लाभर १४ हजार ९४९ वटा सवारी साधन कारबाहीमा परेका थिए । यस्तै सडक दुर्घटनातर्फ गत वर्ष जिल्लाभर ६९० वटा सवारी दुर्घटना भएका थिए।

    images
    images

    जसमा ३७ जनाको मृत्यु भएको छ भने १ हजार १६६ जना घाइते भएका छन्। सवारी दुर्घटना सम्बन्धी २ हजार ७०७ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको र उक्त कार्यक्रमबाट २ लाख ३१ हजार १३७ जना लाभान्वित भएको प्रहरी प्रमुख पोखरेलले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend