images

२०८३ आश्विन २ गते

images
images
images

एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो

एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । गत आर्थिक वर्ष  २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार यो व्यापार हालसम्मकै उच्च हो । अघिल्लो वर्ष कुल व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ बराबरको थियो ।यस अवधिमा नेपालको कुल आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।

    images
    images

    यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपालको निर्यातमा पनि १३.८१ प्रतिशतको सुधार आएको छ। गत वर्ष नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ थियो। आयातको तुलनामा निर्यातको वृद्धिदर केही सुस्त रहँदा व्यापार सन्तुलनमा चाप यथावत् देखिएको छ ।आयात र निर्यात दुवै वृद्धि भए पनि आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा बढेको तथ्यांकले देखाउँछ ।कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढेको छ । २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

    तथ्यांकअनुसार आयात र निर्यातको अनुपातमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ६.५१ रहेको यो अनुपात गत आर्थिक वर्षमा २.१० प्रतिशतले बढेर ६.६५ पुगेको छ । यसको अर्थ नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गर्ने गर्दछ ।यसैगरी, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १.७९ प्रतिशतले खुम्चिएर १३.०७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १३.३१ प्रतिशत थियो । अर्कोतर्फ, कुल व्यापारमा आयातको हिस्सा भने सामान्य (०.२७ प्रतिशत) वृद्धि भई ८६.९३ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८६.६९ प्रतिशत रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend