images

२०८३ आश्विन २ गते

images
images
images

कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी

कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा कुल ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ आय प्राप्त गरेको छ । प्रदेश सरकारको असार मसान्तसम्मको विवरण अनुसार कुल प्राप्त आयमध्ये प्रदेशको आफ्नै आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोड ८४ लाख ४४ हजार ९ सय ११ रुपैयाँ छ ।बाँकी ठुलो हिस्सा भने संघीय सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँट र रोयल्टी लगायतका स्रोतबाट जुटाइएको हो ।प्रदेश सरकारको आन्तरिक आयतर्फ सवारी साधन र घरजग्गा रजिस्ट्रेसन करको हिस्सा सबैभन्दा बढी देखिएको छ । विवरण अनुसार सवारी साधन कर बाँडफाँटबाट १ अर्ब ५१ करोड ६२ लाख ३८ हजार २५७ रुपैयाँ र घरजग्गा रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ४१ करोड ७८ लाख १५ हजार ८८६ रुपैयाँ सङ्कलन भएको छ ।

    images
    images

    यसैगरी सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरबापत ६३ करोड ३० लाख ६५ हजार ४० रुपैयाँ, दहतर बहतरको बिक्रीबाट ३१ करोड २३ लाख ९५ हजार २६९ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत १३ करोड १० लाख ९४ हजार ८९ रुपैयाँ आन्तरिक खातामा दाखिला भएको छ । यसका साथै बेरुजु असुलीतर्फ १२ करोड २२ लाख ९२ हजार ६३२ रुपैयाँ सङ्कलन भएको छ संघीय सरकारबाट मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँटबापत ८ अर्ब ८९ करोड ४३ लाख ६४ हजार ४४७ रुपैयाँ र वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब २१ करोड ५३ लाख १९ हजार ३०० रुपैयाँ प्राप्त भएको छ ।

    त्यसैगरी अन्तःशुल्क बाँडफाँटबाट ३ अर्ब २१ करोड ३९ लाख १९ हजार ८०२ रुपैयाँ, चालु ससर्त अनुदानबाट २ अर्ब ३९ करोड ५५ लाख २९ हजार ४५३ रुपैयाँ र पुँजीगत ससर्त अनुदानबाट १ अर्ब ५५ करोड १४ लाख ८१ हजार २५२ रुपैयाँ प्राप्त भएको छ ।विशेष अनुदान चालुतर्फ ३४ करोड ५ लाख रुपैयाँ, विशेष पुँजीगततर्फ २१ करोड ६७ लाख रुपैयाँ तथा समपूरक अनुदान पुँजीगततर्फ ३९ करोड १७ लाख रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने पर्वतारोहण र विद्युत रोयल्टीबापत क्रमशः २२ करोड ७१ लाख र १० करोड ३२ लाख रुपैयाँ आम्दानी भएको छ ।आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै प्रदेश सरकारको खातामा ३ अर्ब ४४ करोड ७६ लाख ९२ हजार ४८५ रुपैयाँ कुल आय जम्मा भएको छ, जसमा असार महिनामा मात्र सङ्कलित आन्तरिक राजस्व ९० करोड ९ लाख ५९ हजार ३३१ रुपैयाँ छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend