images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा सामान्य सुधार, कारोबार ६...

सेयर बजारमा सामान्य सुधार, कारोबार ६ अर्ब माथि

सेयर बजारमा सामान्य सुधार, कारोबार ६ अर्ब माथि

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७.९० अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २७३४.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१६ अंकले बढेर ४७३.४७ विन्दुमा पुगेको छ ।

    images
    images

    आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । शुक्रबार सेयर बजारमा ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ३६ लाख ८३ हजार ५९९ कित्ता सेयर ६९ हजार ५९७ पटक खरिद बिक्री हुँदा ६ अर्ब १८ करोड १० लाख ३० हजार ४८४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend