images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • काठमाडौंसहित यी ११ जिल्लामा आज आकस्मिक...

काठमाडौंसहित यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौंसहित यी ११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन १०) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।यस दिन रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images

    “उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।दूधकोसी, सुनकोसी, नारायणी, कर्णाली, महाकाली, वाग्मतीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।“आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ,” महाशाखाले भनेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    b-1785035615.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend