images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ...

महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको अन्तर्राष्ट्रिय अवार्ड

महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको अन्तर्राष्ट्रिय अवार्ड

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकाताले प्रदान गर्ने प्रतिष्ठित ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ।बैंकले ग्राहकलाई आधुनिक, सुरक्षित तथा सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेको जनाएको छ। गत वर्ष पनि बैंक ‘एसेट्स क्वालिटी’ विधाअन्तर्गत सम्मानित भएको थियो।

    images
    images

    जुलाई २४, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा बिम्स्टेक क्षेत्रअन्तर्गत भारत, नेपाल, श्रीलंका, बंगलादेश र म्यानमारका बैंकहरूको सहभागिता रहेको थियो।डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादन विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यासका क्षेत्रमा गरेको कार्यको मूल्यांकनका आधारमा बैंकलाई सम्मान प्रदान गरिएको जनाएको छ। बैंकले यस अवार्डले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

    ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार उक्त हबमार्फत ग्राहकलाई डिजिटल बैंकिङ सेवा अझ सहज र आधुनिक ढंगले उपलब्ध गराइनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend