images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रश्नपत्र चुहावट प्रकरणमा स्ववियूले माग्यो त्रिवि...

प्रश्नपत्र चुहावट प्रकरणमा स्ववियूले माग्यो त्रिवि डिनको राजीनामा

प्रश्नपत्र चुहावट प्रकरणमा स्ववियूले माग्यो त्रिवि डिनको राजीनामा

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा माग गरेको छ । नैतिक जिम्मेवारी लिई राजीनामाको माग गरिएको त्रिवि स्ववियू सभापति दीपकराज जोशीले  जानकारी दिए । जोशीले भने– ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमा माथि कसैले सम्झौता गर्नुहुँदैन । यो गम्भीर विषय हो । डिन कार्यालय नै दोषी भएर उसले आफैँले समिति बनाएर छानबिन हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन । विश्वसनीयतामाथि प्रश्न खडा भएको छ । नैतिकताका आधारमा सम्बन्धित निकायका अधिकारीले राजीनामा दिनैपर्छ ।’ दुई दिनभित्र दोषीलाई कारबाहीको माग स्ववियूको छ । 

    images
    images

    त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको थियो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयले मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न आइतबार बिहान एक समिति गठन गरेको छ ।

    छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा.डा.अच्युत ज्ञवाली रहेका छन् । यस्तै, सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा रहेका छन् । समितिलाई सात दिन समय दिइएको त्रिवि व्यवस्थापन संकायका सहायक डिन डा.भरत राईले जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend