images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर...

सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि आफूखुसी ड्युटीमा अनुपस्थित रहेको पाइएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले सोमबार सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।प्रधान कार्यालयका अनुसार यसअघि खोजतलास, सूचना टाँस तथा अन्य माध्यमबाट सम्पर्कमा ल्याउने प्रयास गरिए पनि सम्बन्धित कर्मचारीहरू सम्पर्कमा आएका छैनन्। तोकिएको समयभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार कसुर कायम गरी नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।सम्पर्कविहीन हुनेमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी दरबन्दीका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) तीर्थबहादुर बुढा र इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका प्र.स.नि. दुर्गाराज मल्ल रहेका छन्।

    images
    images

    यस्तै, प्रमुख जिल्ला अधिकारीको निवास गार्ड, ओखलढुंगामा कार्यरत प्रहरी जवान नागेश्वर यादव, मधेस प्रदेश प्रहरी तालिम केन्द्रका प्राविधिक प्रहरी जवान सुबोधप्रसाद पटेल, भरतपुर विमानस्थल सुरक्षा गार्डका प्रहरी जवान देवकृष्ण राउत, इलाका प्रहरी कार्यालय चन्द्रावती, तनहुँकी प्रहरी जवान जयन्ती थापामगर तथा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी जवान सञ्जय परियार पनि लामो समयदेखि गैरहाजिर रहेको जनाइएको छ।त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी जवान गीता मेदासी, प्रहरी जवान राजकुमार रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान ध्रुवराज पाध्या तथा कारागार सुरक्षा गार्ड, लमजुङमा कार्यरत प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल पनि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।प्रहरी प्रधान कार्यालयले सम्बन्धित सबै कर्मचारीलाई अन्तिम अवसरस्वरूप सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गर्दै अन्यथा प्रचलित कानुनअनुसार सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend