images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • परीक्षार्थीका लागि त्रिविद्वारा कडा नियम जारी,...

परीक्षार्थीका लागि त्रिविद्वारा कडा नियम जारी, आचारसंहिता पालना नगरे कानुनी कारबाही हुने

परीक्षार्थीका लागि त्रिविद्वारा कडा नियम जारी, आचारसंहिता पालना नगरे कानुनी कारबाही हुने

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एम.फिल. तहका विभिन्न सत्रान्त परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अनिवार्य पालना गर्नुपर्ने नयाँ आचारसंहिता र निर्देशनहरू सार्वजनिक गरेको छ। परीक्षालाई अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विश्वविद्यालयले यी कडा नियमहरू कार्यान्वयनमा ल्याएको हो। डीनको कार्यालयद्वारा सोमबार जारी सूचना अनुसार परीक्षार्थीहरूले परीक्षाका प्रत्येक दिन आफूसँग अनिवार्य रूपमा आधिकारिक प्रवेश पत्र साथमा राख्नुपर्नेछ। परीक्षा हलभित्र छिरेपछि केन्द्राध्यक्षले तोकेको निश्चित सिटमा मात्र बस्नुपर्ने र केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सिट वा भवन छोड्न नपाइने व्यवस्था गरिएको छ। 

    images
    images

    विशेष गरी, परीक्षा सुरु भएको पहिलो एक घण्टाभित्र कुनै पनि परीक्षार्थीलाई परीक्षा भवनबाट बाहिर निस्कन निषेध गरिएको छ।यसैगरी परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट वाच जस्ता विद्युतीय उपकरणहरू, चिट, पुस्तक वा अन्य कुनै पनि प्रतिबन्धित सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ। यदि कसैले नक्कल गरेको, अरूलाई सहयोग गरेको वा अरूको सट्टामा परीक्षा दिएको (प्रतिरूपण) पाइएमा, त्यस्ता परीक्षार्थीलाई तत्काल कारबाहीको दायरामा ल्याइनेछ। साथै, परीक्षा सञ्चालनमा अवरोध पुऱ्याउने वा कर्मचारीहरूसँग अभद्र व्यवहार गर्नेहरूलाई पनि कडा सजाय हुने चेतावनी दिइएको छ। हालै त्रिविको परीक्षामा प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि त्रिविले कडाइ गरेको हो । सूचनामा विश्वविद्यालयले परीक्षा नियम तथा आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीहरूको परीक्षा रद्द गर्नुका साथै उनीहरूलाई निश्चित अवधिसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी वञ्चित गर्न सक्ने उल्लेख छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend