images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको...

ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवामा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश

ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवामा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनौलो मेडिकल क्लिनिकका सञ्चालक काली बहादुर थापा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । अदालतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको पछिल्लो निर्णय कार्यान्वयनमा रोक लगाउँदै साबिककै व्यवस्था अनुसार सेवा सुचारु राख्न भनेको छ । निवेदक क्लिनिकहरूले बागमती प्रदेशको 'सवारी चालक अनुमति पत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८०' बमोजिम छनोट भई सम्झौता गरेर स्वास्थ्य परीक्षणको सेवा दिँदै आएका थिए ।

    images
    images

    तर, संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८३ जेठ १३ र असार १३ गते पत्र लेख्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकले गर्ने स्वास्थ्य परीक्षणलाई मान्यता दिने र सबै क्लिनिकहरूका लागि सेवा खुल्ला गर्ने आशयको निर्णय गरेको थियो । यस निर्णयले पहिलेदेखि सम्झौता गरेर लगानी गरेका क्लिनिकहरूको व्यवसायमा प्रतिकूल असर पर्ने र उनीहरूको 'युजर र पासवर्ड' समेत बन्द गरिने अवस्था आएपछि क्लिनिक सञ्चालकहरू अदालत पुगेका थिए ।सर्वोच्च अदालतले आफ्नो आदेशमा निवेदकहरूले प्रदेश कानुन र निर्देशिका बमोजिम सम्झौता गरी सेवा दिइरहेको अवस्थामा उनीहरूलाई विस्थापित गर्ने गरी भएको मन्त्रालयको निर्णयले संविधानको धारा १७ (२) (छ) द्वारा प्रदत्त 'पेसा, रोजगार, उद्योग र व्यापार गर्ने' मौलिक हकमा आघात पुग्ने ठहर गरेको छ ।आदेशमा भनिएको छ, ‘विपक्षीहरूको पत्र कार्यान्वयन भई जाने हो भने निवेदकहरूलाई अपूरणीय क्षति पुग्न सक्ने समेत तड्कारो अवस्था देखिएको छ । तसर्थ, रिटको अन्तिम किनारा नलाग्दासम्म मन्त्रालयको पत्र र निर्णयहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू र निवेदकहरूको युजर र पासवर्ड समेतका सेवा सञ्चालनमा कुनै बाधा अवरोध नगर्नू, नगराउनू ।’ यस आदेशसँगै हाललाई ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्दै आएका सूचीकृत क्लिनिकहरूको सेवा यथावत् रहने निश्चित भएको छ ।

    medical_page-0001medical_page-0002medical_page-0003

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend