images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • झापा । बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरबाट विद्युत् ‘सर्ट’ हुँदा सल्किएको आगो तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा नष्ट भएका छन् ।

    images
    images

    त्यसैगरी, भरत पोख्रेलको एकतले घर र सारदा राजवंशीको दुईतले पक्की घरमा आंशिक क्षति पुगेको छ । दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा क्षति भएको छ ।बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो निभाइएको थियो । क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend