images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने...

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने सहमति

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने सहमति

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बिच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चलेको थियो । तर, एमालेभित्र भएको छलफलले आचार्यलाई नै प्रदेश सरकारको नेतृत्वमा निरन्तरता दिने निष्कर्ष निकालेको हो।एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल,महासचिव शङ्कर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबिच भक्तपुरको गुण्डुमा भएको छलफलमा आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको हो।

    images
    images

    मुख्यमन्त्री आचार्यले उक्त सहमतिको पुष्टि गर्दै भने– ‘आज भएको छलफलमा मलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको छ। अब भोलिदेखि नेकपासँग सत्ता सहकार्य र सरकार गठनका विषयमा अन्य छलफल अगाडि बढाउनेछु।’केन्द्रमा एमाले र नेपाली कांग्रेस बिचको सत्ता सहकार्य अन्त्य भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने तयारी भइरहेको छ। एमाले र नेकपाबिच सहकार्यको सहमति भएपछि प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चर्चा बढेको थियो।एमालेभित्र मुख्यमन्त्री आचार्यसहित संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलगायत नेताहरू मुख्यमन्त्रीका आकाङ्क्षी रहेको चर्चा चले पनि पार्टी नेतृत्वले आचार्यलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend