images

२०८३ आश्विन २ गते

images
images
images

अर्थ मन्त्रालयमा लघुवित्तपीडितसँग वार्ता सुरु

अर्थ मन्त्रालयमा लघुवित्तपीडितसँग वार्ता सुरु

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ, १५ साउन । सरकारले लघुवित्तपीडितसँग दोस्रो दिनको वार्ता सुरु गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित टोलीले आज लघुवित्तपीडितसँग वार्ता गर्न सुरु गरेको हो । 

    images
    images

    बिहीबार लघुवित्तपीडितसँग छलफल गर्न मन्त्रीस्तरीय निर्णय भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेका स्वकीय उपसचिव नवीन ढुङ्गानाले दोस्रो दिनको वार्ता अर्थ मन्त्रालयमा सुरु भएको जानकारी दिए ।

    समितिमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् ।

    images
    images

    समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य हुन ।  लघुवित्त तथा वित्तीय शोषण पीडितहरू गत साता विभिन्न माग राखेर काठमाडौँ आएका छन् । 

    पीडितले वित्तीय शोषण अन्त्य, किसानलाई सस्तो ब्याजदरमा ऋण प्रदान, किसानमाथिको दलालीकरण अन्त्य, अपराधसम्बन्धी ऐन खारेज लगायतका माग राखेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend