images

२०८३ आश्विन २ गते

images
images
images

जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक

जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो।सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो । जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । लाई २०२६ मा चीन ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् ।

    images
    images

    यो अघिल्लो वर्षको जुलाईमा आएको ६ हजार ८९० को तुलनामा १.०९ प्रतिशत बढी हो । सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए ।यसरी चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा ८.६५ प्रतिशत माथि पुगेको छ । त्यसैगरी तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक आएका छन् । यस्तै, बङ्गलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन् ।क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । जुलाईमा सार्क मुलुकबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यो संख्या अघिल्लो वर्षको ३३ हजार ७८७ को तुलनामा ११.९३ प्रतिशत कम छ । 

    भुटानबाट आउने पर्यटकको संख्या ९९१ जना रहेको छ ।  पाकिस्तानबाट आउने पर्यटक ३.९४ प्रतिशतले बढेर ४७५ पुगेका छन् । श्रीलङ्काबाट ५८१ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको ५९८, माल्दिभ्सबाट ३९, २.८४ प्रतिशत कम हो ।दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको २४.२८ प्रतिशत हो । अघिल्लो वर्षको जुलाईमा १३ हजार ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस आधारमा हेर्दा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको छ । यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक आएका छन् ।युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन् । कुल आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत रहेको छ । युरोपमा बेलायतबाट ३ हजार ७७३, जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रूसबाट ४६७ जना पर्यटक आएका छन् ।

    images
    images

    अमेरिकी मुलुकबाट ८ हजार ८२४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । ओसियानियाबाट २ हजार ६०७ जना पर्यटक आएका छन् । पश्चिम एसियाबाट जुलाईमा ७३६ जना पर्यटक आएका छन् । अफ्रिकी मुलुकबाट भने जुलाईमा ३२४ जना पर्यटक नेपाल आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend