images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • तथ्य पुष्टि नगरी समाचार प्रकाशित नगर्न...

तथ्य पुष्टि नगरी समाचार प्रकाशित नगर्न प्रभु बैंकका सीईओको आग्रह

तथ्य पुष्टि नगरी समाचार प्रकाशित नगर्न प्रभु बैंकका सीईओको आग्रह

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले बैंकसँग सम्बन्धित विषयमा तथ्य पुष्टि नगरी प्रकाशित वा प्रसारित हुने समाचारले बैंकको संस्थागत प्रतिष्ठा मात्र नभई समग्र बैंकिङ प्रणालीप्रति पनि अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्न सक्ने बताएका छन्।बैंकद्वारा जारी प्रेस विज्ञप्तिमार्फत सीईओ शर्माले पछिल्लो समय केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयलाई लिएर प्रकाशित भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता सामग्री तथ्यहीन, एकपक्षीय र अतिरञ्जित रहेको दाबी गरेका छन्।

    images
    images

    उनले बैंकभित्र हुने कर्मचारी सरुवा, जिम्मेवारी हेरफेर, कर्जा असुली, धितो लिलामी तथा आन्तरिक व्यवस्थापनजस्ता गतिविधि बैंकिङ व्यवसायका नियमित र कानुनसम्मत संस्थागत अभ्यास भएको स्पष्ट पारे। यस्ता नियमित प्रक्रियालाई पर्याप्त आधार वा आधिकारिक पुष्टि बिना फरक अर्थ लगाएर सार्वजनिक गर्नु व्यावसायिक पत्रकारिताको मर्मविपरीत हुने उनको भनाइ छ।सीईओ शर्माले विगतमा केही कर्जा फाइलसँग सम्बन्धित विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएको स्वीकार गर्दै ती विषयमा बैंकले नेपाल राष्ट्र बैंकका निर्देशन तथा प्रचलित कानुनअनुसार आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जानकारी दिएका छन्। भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन बैंक थप सुदृढ प्रणाली निर्माणमा प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।

    उनका अनुसार प्रभु बैंकको सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णय प्रचलित कानुन, नेपाल राष्ट्र बैंकका निर्देशन तथा नियामकीय मापदण्डअनुसार नै हुँदै आएका छन् र आगामी दिनमा पनि सोही व्यवस्थालाई पूर्ण रूपमा पालना गरिनेछ।सीईओ शर्माले सञ्चारमाध्यमलाई समाचार प्रकाशन वा प्रसारणअघि सम्बन्धित पक्षसँग तथ्य पुष्टि गर्न आग्रह गर्दै अनुमान वा अपुष्ट स्रोतका आधारमा सामग्री सम्प्रेषण गर्दा संस्था, व्यक्तिको प्रतिष्ठा र वित्तीय क्षेत्रप्रतिको सार्वजनिक विश्वासमा असर पर्न सक्ने बताएका छन्।उनले निक्षेपकर्ता, कर्जाग्राही, शेयरधनी, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालालाई बैंकसँग सम्बन्धित सूचना प्राप्त गर्दा प्रभु बैंकबाट आधिकारिक रूपमा जारी गरिएका सूचना तथा विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन आग्रह गरेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend