images

२०८३ आश्विन १ गते

images
images
images
  • विश्व
  • हमास पूर्ण निःशस्त्रीकरण नभइ गाजाबाट इजरायली...

हमास पूर्ण निःशस्त्रीकरण नभइ गाजाबाट इजरायली सेना फिर्ता नहुने

हमास पूर्ण निःशस्त्रीकरण नभइ गाजाबाट इजरायली सेना फिर्ता नहुने

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • तेल अभिभ । हमासको पूर्ण निःशस्त्रीकरण सम्पन्न भएपछि मात्रै गाजाबाट इजरायली सेना फिर्ता हुने अमेरिकाको नेतृत्वमा गठन गरिएको बोर्ड अफ पिसले बताएको छ । बोर्डका महानिर्देशक निकोलाय म्लादेनोभ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच सोमबार पश्चिम जेरुसेलममा भएको भेटपछि बोर्डले यो धारणा सार्वजनिक गरेको हो ।हमासले हल्का हतियार, भारी हतियार र सुरुङसहित सबै सैन्य संरचना पूर्ण रूपमा निष्क्रिय बनाउने आफ्नो प्रतिबद्धता पूरा गरेपछि मात्रै इजरायली सेना येलो लाइन पछाडि जाने बोर्ड अफ पिसको भनाइ छ । बोर्डले गाजामा हतियारको शासन अन्त्य गरी नागरिक प्रशासन स्थापना गर्नु नै मुख्य उद्देश्य भएको जनाएको छ ।

    images
    images

    यता हमासले भने इजरायलले पनि सम्झौताअनुसार आफ्नो दायित्व पूरा नगरेसम्म सम्झौता कार्यान्वयन नहुने अडान राखेको छ । भेटका क्रममा निकोलाय म्लादेनोभले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामाथिका आक्रमण रोक्न आग्रह गरेका थिए । तर इजरायलले आक्रमण जारी राखेको बताइएको छ । सन् २०२५ को अक्टोबरमा युद्धविराम घोषणा भएयता इजरायली आक्रमणमा १ हजार २ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । हमासको निःशस्त्रीकरणसम्बन्धी सम्झौता सार्वजनिक भएपछि मात्रै पनि ३६ भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।सन् २०२३ को अक्टोबर देखि सुरु भएको युद्धपछि गाजामा ७३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको उल्लेख गरिएको छ । यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सार्वजनिक गरिएको सम्झौताले इजरायलको आधिकारिक धारणा नसमेटेको जनाएको थियो । इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले पनि सम्झौताको विरोध गर्दै यस विषयमा तुरुन्तै नयाँ मतदान गर्नुपर्ने माग गरेका छन् ।

    यसैबिच निःशस्त्रीकरण सम्झौतामा मध्यस्थता गरेका इजिप्ट, कतार र टर्कीलेले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले सर्वसाधारण र स्वास्थ्य संस्थामाथि गरेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । हमासले भने युद्धविरामको दोस्रो चरण पूरा गर्न आफू प्रतिबद्ध रहेको र निकोलाय म्लादेनोभ तथा मध्यस्थकर्ताहरूबाट स्पष्ट आधिकारिक जवाफको प्रतीक्षा गरिरहेको जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend