images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • तीन महिनामा हातहतियारसम्बन्धी मुद्दाका ८४ जना...

तीन महिनामा हातहतियारसम्बन्धी मुद्दाका ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

तीन महिनामा हातहतियारसम्बन्धी मुद्दाका ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ।  नेपाल प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्मको तीन महिनाको अवधिमा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन्।पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्भर १ थान, कटुवा पेस्तोल ९ थान, भरुवा बन्दुक ४१ थान, बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको छ। साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली ४ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, कटुवा पेस्तोलको १४ राउण्ड र विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको प्रहरीले जनाएको छ।

    images
    images

    अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याई अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि आफूहरू सदैव क्रियाशील रहेको प्रहरीले जनाएको छ। अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन भइरहेको छ। अवैध हतियार कतै लुकाइराखेको थाहा भएमा प्रहरीलाई सूचना दिन र हतियार बुझाउन समेत नेपाल प्रहरीले अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend