images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्बको कारोबार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्बको कारोबार

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज भने २१.१५ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६३.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१४ कम्पनीको सेयर मुल्य घटेको छ भने ५८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.६६ अंकले घटेर ४६७.९६ विन्दुमा पुगेको छ । मंगलबार सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ । 

    images
    images

    परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन साढे ४ अर्बको कारोबार भएको बजारमा आज भने ४ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज ३४३ कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ५२ हजार २७२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend