images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • अनुगमनका क्रममा कैफियत भेटिएपछि फर्ममा विभागको...

अनुगमनका क्रममा कैफियत भेटिएपछि फर्ममा विभागको कारबाही

अनुगमनका क्रममा कैफियत भेटिएपछि फर्ममा विभागको कारबाही

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं, २१ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा गरेको अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई व्यवसायीलाई जरिवाना गरेको छ।

    images
    images

    विभागका अनुसार ललितपुर महानगरपालिका–२० स्थित न्यू डाइमण्ड फर्निचर सेन्टरलाई खरिद बिल नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, काठमाडौंको गोङ्गबुस्थित अजिमा चस्मा घरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

    अनुगमनका क्रममा साइबाबा ग्यास उद्योग, कलङ्कीलाई ग्यास वितरणलाई सहज बनाउन निर्देशन दिइएको छ भने चाबहिलस्थित चन्द्र विनायक ग्यास स्टोरलाई नियमित रूपमा खाना पकाउने ग्यास वितरण गर्न र अनिवार्य रूपमा बिल–विजक जारी गर्न निर्देशन दिइएको छ।

    images
    images

    यस्तै, कोलोनी प्रोडक्सन एन्ड सप्लायर्स र अमन ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। अन्य केही व्यवसायीलाई पनि सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।

    विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार बजार अनुगमनलाई निरन्तरता दिँदै कालोबजारी नियन्त्रण र उपभोक्ता अधिकार संरक्षणका लागि आवश्यक कारबाही जारी रहने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend