हेटौँडा, २२ साउन । हेटौँडा उपमहानगरपालिका–९ र १० हुँदै बग्ने कर्रा खोलामा पुल नहुँदा स्थानीयवासीले आवतजावतमा समस्या भोग्दै आएका छन्।
२०७० सालमा उक्त स्थानमा कल्भर्ट निर्माण गरिएको भए पनि खोलाले धार परिवर्तन गरेपछि अहिले स्थायी पुलको आवश्यकता बढेको स्थानीयले बताएका छन्। वर्षायाममा स्थानीयले औषधिलगायत अत्यावश्यक सामग्री खरिद गर्न वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। घाटसम्म पुग्ने सहज बाटो समेत नहुँदा दैनिक जीवन प्रभावित भएको उनीहरूको गुनासो छ।
हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीका अनुसार कर्रा खोलामा पुल निर्माण गर्ने योजना अघि बढिसकेको छ। त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र निर्माण प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।




.gif)





