images

२०८३ आश्विन २ गते

images
images
images

नेपाल वायुसेवा निगमले जापानमा उडान थप्दै

नेपाल वायुसेवा निगमले जापानमा उडान थप्दै

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । नेपाल वायुसेवा निगमले जापानमा उडान थप्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै निगमले यस्तो निर्णय गरेको हो ।यही सेप्टेम्बर १८ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार गरेको छ । सो अनुसार काठमाडौँ–नारिता–काठमाडौँ उडान मङ्गलबार, बिहीबार, शुक्रबार र आइतबार सञ्चालन हुनेछन् । हाल सो उडान हप्तामा तीन वटा सञ्चालन हुँदै आएको छ ।

    images
    images

    साथै, नेपाल वायुसेवा निगमको एयरबस वाइडबडी अन्नपूर्ण विमान समयानुसार नियमित गर्नुपर्ने चौथो सी–चेक सम्पन्न गरी हालै स्वदेश फर्किएको छ । काठमाडौँ–दुबई को नियमित उडानमा ७ जुलाई २०२६ मा गई इटालीमा विमानको विस्तृत प्राविधिक मर्मत सफलतापूर्वक सम्पन्न गरी ६ अगस्ट २०२६ मा काठमाडौँमा अवतरण गरेको हो । उक्त जहाज निगमको नियमित उडान सञ्चालनमा आइसकेको छ । सी–चेक विमानको निर्धारित अवधिमा गरिने महत्त्वपूर्ण र विस्तृत प्राविधिक मर्मत प्रक्रिया हो ।त्यसैगरी सेप्टेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने फ्लाई दुबईको नियमित उडानका लागि निगमले पुर्‍याउने स्थलगत सेवाको तयारी पूरा भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend