images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो शिशु...

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे–केयर

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो शिशु स्याहार कक्ष तथा डे–केयर

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १–७) को अवसर पारेर आफ्ना महिला कर्मचारीका लागि केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे–केयर सञ्चालनमा ल्याएको छ । बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याएको जनाएको छ।

    images
    images

    यस अवसरमा आयोजित कार्यक्रममा महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले शिशु स्याहार कक्ष तथा डे–केयरको उद्घाटन गरेकी थिइन्। बैंकका अनुसार महिला कर्मचारीको नेतृत्व क्षमता अभिवृद्धि, संस्थागत विकासमा प्रभावकारी भूमिका विस्तार, पेशागत दक्षता तथा आत्मविश्वास वृद्धि, कार्यस्थलमा समान अवसर र समावेशी वातावरण प्रवर्द्धन तथा महिला सशक्तीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको उक्त फोरम बैंकको ३२औँ वार्षिकोत्सवका अवसरमा स्थापना गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend