images

२०८३ आश्विन २ गते

images
images
images

झापामा चार अर्ब ९३ करोड बढी राजस्व संकलन

झापामा चार अर्ब ९३ करोड बढी राजस्व संकलन

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • भद्रपुर । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व संकलन गरेको छ ।उक्त कार्यालयको ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व संकलन भएको छ ।

    images
    images

    उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर दुई अर्ब ४१ करोड ६१ लाख सात हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट) एक अर्ब ६६ करोड २९ लाख ९५ हजार रुपैयाँ र अन्तःशुल्क ६७ करोड ८९ लाख पाँच हजार रुपैयाँ संकलन भएको छ ।यसैगरी, भाडा आयकर पाँच करोड ६६ लाख ७८ हजार रुपैयाँ, ब्याज कर नौ करोड ३६ लाख ८० हजार रुपैयाँ तथा अन्य शीर्षकमा दुई करोड ६३ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend