images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • बैतडी, २४ साउन । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२।८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो ।

    images
    images

    कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि रु ९० लाख ९५ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको जानकारी दिएका छन् । 

    उनका अनुसार सङ्कलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो । यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिएका छन् । 

    images
    images

    कार्यालयका अनुसार भन्सार महसुलबाट रु २६ लाख ६८ हजार ७८७, पैठारी सेवा दस्तुरबाट रु दुई लाख १२ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु २१ लाख ४२ हजार १५५, अन्तःशुल्कबाट रु एक लाख २२ हजार ७०४ तथा दण्ड, जरिवाना, धरौटी र लिलामबाट रु ५४ लाख ६१ हजार १७३ राजस्व सङ्कलन भएको हो ।

    चालु आर्थिक वर्षका लागि कार्यालयले ९२ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको छ । यसअघि आर्थिक वर्ष २०८१।८२ मा कार्यालयले रु एक करोड पाँच लाख राजस्व सङ्कलनको लक्ष्य पाएकामा रु ७७ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो । प्रमुख सिंहका अनुसार पछिल्लो समय बैतडीका अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै झुलाघाट नाकाबाट हुने आयात घट्दै गएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend