रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका–१० स्थित दुधिअवामा बिजुली सर्ट भएर एक घरमा आगलागी भएको छ। स्थानीय दीपेन्द्रभक्त खरेलको काठको दुई तले घरमा सोमबार बिहान ७:१५ बजे आगलागी भएको हो।
आगलागी सुरु भएलगत्तै दमकलको सहयोगमा स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको छ।प्रहरीको प्रारम्भिक अनुमानअनुसार आगलागीबाट घरभित्र रहेका १८ लाख ५८ हजार रुपैयाँ बराबरका घरायसी सरसामान पूर्ण रूपमा नष्ट भएका छन्।




.gif)



