images

२०८३ आश्विन २ गते

images
images
images

पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । साउन महिनाको प्रत्येक सोमबार सशस्त्र प्रहरी परिवार महिला सङ्घले आयोजना गर्दै आएको सो कार्यक्रममा नेपाल एपीएफ अस्पतालका चिकित्सकसहितको टोलीले दर्शनार्थी भक्तजनहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको हो ।

    images
    images

    शिविरमार्फत श्रद्धालु भक्तजनहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि तथा खानेपानी समेत वितरण गरिँदै आएको छ । यसैगरी साउन महिनाभर हरेक सोमबार मन्दिर दर्शनार्थी आउने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी पशुपतिनाथ मन्दिरस्थित बागमती किनारमा १० जनाको विपद् व्यवस्थापन टोली र्‍याफ्ट बोट तथा आवश्यक उद्धार सामाग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखिएको छ ।साथै कुनै पनि आकस्मिक अवस्था सिर्जना भएमा तत्काल उद्धार गर्न सक्ने गरी सशस्त्र प्रहरी बल नेपालको एम्बुलेन्स समेत सोही क्षेत्रमा तयारी अवस्थामा राखिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend