काठमाडौँ । झापा इनर्जीको सौर्य विद्युत उत्पादन पुनः सुचारु भएको छ। कम्पनीको झापाको विशसताक्षी–४ स्थित सौर्य विद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको हो।
गत जेठ १८ गते दुई वटा ५ मेगावाटको इन्भर्टरमध्ये एउटा इन्भर्टर आगलागी भएपछि विद्युत उत्पादन अवरुद्ध भएको थियो। उक्त इन्भर्टरको मर्मतसम्भार कार्य सम्पन्न गरी अहिले आयोजनाबाट ग्रीडमा जडित पूर्ण १० मेगावाट क्षमतामा विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।




.gif)



