images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • एलएलएम दोस्रो सेमेस्टरको नतिजाविरुद्ध डीन कार्यालयमा...

एलएलएम दोस्रो सेमेस्टरको नतिजाविरुद्ध डीन कार्यालयमा विद्यार्थीको निवेदन

एलएलएम दोस्रो सेमेस्टरको नतिजाविरुद्ध डीन कार्यालयमा विद्यार्थीको निवेदन

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, कानुन संकायअन्तर्गत एलएलएम दोस्रो सेमेस्टरको प्रकाशित नतिजामा बहुसङ्ख्यक मेधावी विद्यार्थीहरू एउटै विषयमा अनुत्तीर्ण भएको भन्दै कानुन संकायको डीन कार्यालयमा निवेदन दर्ता भएको छ ।केन्द्रीय, आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पीडित विद्यार्थीहरूले कानुन संकायका डीन डीएन पराजुलीलाई सोमबार निवेदन बुझाएका हुन् ।परीक्षा सञ्चालक समितिले गत साउन २२ गते सार्वजनिक गरेको नतिजामा बहुसङ्ख्यक मेधावी विद्यार्थीहरूलाई एउटै विषयमा योजनाबद्ध रूपमा अनुत्तीर्ण गराइएको भन्दै छात्रछात्राहरूले प्राज्ञिक न्याय र जवाफदेहिताको मागसहित डीन कार्यालयमा निवेदन पेस गरेका छन् ।

    images
    images

    नियमित र आंशिकतर्फ कूल १६७ परीक्षार्थीले परीक्षा दिएकोमा १२९ जना अनुत्तीर्ण भएका छन् ।शैक्षिक वर्ष २०२५ को दोस्रो सेमेस्टरअन्तर्गत गत असार १० देखि २६ गतेसम्म सञ्चालित परीक्षाको नतिजा अस्वाभाविक, पूर्वाग्रहपूर्ण र परीक्षा प्रणालीकै जगमा प्रहार गर्ने खालको रहेको विद्यार्थीहरूको ठहर छ । अन्य सबै विषयहरूमा विशिष्ट, प्रथम श्रेणी र उत्कृष्ट अङ्क हासिल गरेका विद्यार्थीहरू ‘विधिशास्त्र’ (विषय कोड : १६१) मा मात्र असफल भएको देखिएको छ । नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग (बिहानी सत्र) का ५० परीक्षार्थीमध्ये १४ जना मात्र उत्तीर्ण भई ५८ प्रतिशत अनुत्तीर्ण भएका छन् । दिवा सत्रका ४८ जनामध्ये २२ जना असफल भएका छन् । त्यसैगरी पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराका १९ जनामध्ये केवल ४ जना मात्र उत्तीर्ण भई करिब ७९ प्रतिशत विद्यार्थीहरू सोही ‘विधिशास्त्र’ विषयमा अनुत्तीर्ण भएका छन् । नेसनल ल कलेज, सानेपाका ५० जना विद्यार्थीमध्ये ८ जना मात्र उत्तीर्ण भएका छन् भने ४२ जनालाई अनुत्तीर्ण गराइएको छ । यसरी अन्य सबै विषयमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरू एउटै विषयमा यति ठुलो सङ्ख्यामा अनुत्तीर्ण गराइनु शङ्कास्पद रहेको विद्यार्थीहरूको भनाइ छ । 

    प्रवेश परीक्षा उत्तीर्ण गरी ८० प्रतिशत भौतिक उपस्थिति, नियमित असाइनमेन्ट र प्रि बोर्ड परीक्षा पास गरेर बोर्ड परीक्षामा सहभागी भएका विद्यार्थीहरू यसरी असफल हुनुले सेमेस्टर प्रणालीकै मर्ममाथि प्रहार गरेको विद्यार्थीहरूको गुनासो छ । विद्यार्थीहरूले नतिजामा देखिएको यो त्रुटिबारे सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन् । साधारण पुनर्योगले मात्र पूर्वाग्रह नसच्याउने भएकाले ‘विधिशास्त्र’ विषयका सम्पूर्ण उत्तरपुस्तिकाहरू विषयविज्ञमार्फत पुनः मूल्याङ्कन गर्नुपर्ने उनीहरूको माग छ ।साथै, लापरवाही गर्ने परीक्षक तथा सम्परीक्षकहरूलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने मागसमेत निवेदनमा गरिएको छ ।त्रिभुवन विश्वविद्यालय, कानुन संकायको डीन कार्यालयले भने परीक्षाफलको ग्रेड सिट सम्बन्धित क्याम्पसरकलेजहरूबाट भोलि बुधबारदेखि प्राप्त गर्न सकिने जनाएको छ ।

    images
    images

    प्रकाशित नतिजाउपर चित्त नबुझ्ने परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले २० ९बीस० दिनभित्र पुनर्योगका लागि नियमानुसार प्रतिविषय पाँच सय रुपैयाँ कानुन संकाय डीनको कार्यालयको नाममा जम्मा गरी सम्बन्धित क्याम्पसरकलेजमा निवेदन दिन सकिनेछ ।डीन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, 'परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ । तथापि छपाइ तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा वा प्राविधिक त्रुटि भएको पाइएमा यस कार्यालयको अभिलेख बमोजिम सच्याइने व्यहोरा अवगत गराइन्छ ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend