images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • रुससँगको जारी युद्ध अन्त्य गर्न युक्रेनले...

रुससँगको जारी युद्ध अन्त्य गर्न युक्रेनले अमेरिकालाई पठायो प्रस्ताव

रुससँगको जारी युद्ध अन्त्य गर्न युक्रेनले अमेरिकालाई पठायो प्रस्ताव

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • किभ । रुससँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले युक्रेनले अमेरिकासमक्ष नयाँ प्रस्तावहरू पठाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । मंगलबार राति भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले अमेरिकी पक्षलाई युद्ध अन्त्यका लागि युक्रेनका प्रस्तावहरू बुझाइएको जानकारी दिएका हुन् ।  अनुसार अमेरिकाले युक्रेनको रक्षा क्षमता, विशेषगरी हवाई सुरक्षालाई बलियो बनाउन सहयोग गर्न सक्नेछ । साथै, रुसमाथि युद्ध अन्त्यतर्फ अघि बढ्न दबाब बढाउनुपर्ने पनि उनले बताए ।

    images
    images

    लेन्स्कीले प्रस्तावका विस्तृत विषय सार्वजनिक गरेका छैनन् । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्यका लागि भइरहेका वार्ता पछिल्लो समय लगभग ठप्प छन् । अमेरिकी वार्ताकार स्टिभ विटकफ र जारेड कुशनर पछिल्लो पटक जनवरीमा मस्को पुगेका थिए । उनीहरू अहिलेसम्म युक्रेनको राजधानी किएभ पुगेका छैनन्। युक्रेनले लामो समयदेखि युद्धविरामको माग गर्दै आएको छ । रुसले पनि युद्धको समाधान चाहेको बताउँदै आएको छ । तर आफूले दाबी गरेका चार क्षेत्र युक्रेनले पूर्ण रूपमा छाड्नुपर्ने र युद्धका तथाकथित मूल कारणहरू समाधान हुनुपर्ने अडान उसको छ ।यसैबिच, जेलेन्स्कीले रुसले आगामी महिना हुने संसदीय निर्वाचनलाई नयाँ सैन्य परिचालनको बहाना बनाउन सक्ने आरोप पनि लगाएका छन् । उनका अनुसार निर्वाचनपछि रुसले शरद ऋतुमा ठूलो संख्यामा सैनिक परिचालन गर्ने तयारी गरिरहेको छ । 

    जेलेन्स्कीले निर्वाचनमार्फत रुसी नागरिकले युद्धलाई समर्थन गरेको देखाउने प्रयास गरिने र त्यसपछि वर्षको अन्त्यसम्ममा लाखौँ रुसी नागरिकलाई सैन्य सेवामा ल्याउने तयारी रहेको दाबी गरेका छन् । तर मस्कोका अधिकारीहरूले यसअघि नै थप सैन्य परिचालन आवश्यक नरहेको बताएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend