काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गर्दै विदेशी पुनर्बीमा ब्रोकरहरूका लागि नयाँ र कडा सर्त अघि बढाएको छ। संशोधिस व्यवस्थाअनुसार अबदेखि विदेशी पुनर्बीमा ब्रोकरहरूले प्राधिकरणबाट आधिकारिक सूचीकरण नम्बर पाएको मितिले एक वर्षभित्र अनिवार्य रूपमा नेपालमा शाखा, सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गर्नुपर्नेछ।
यसअघि उनीहरूले सीमित प्रतिनिधि मात्र खटाएर कारोबार सञ्चालन गर्दै आएका थिए । जसले गर्दा बजारमा केही बेथिती देखिएको थियो। सोही विकृति र बेथितीको अन्त्य गर्न प्राधिकरणले यो समयासीमा तोकेको हो।यसका साथै, अब नेपालका बीमकहरूले अनिवार्य रूपमा स्वदेशी पुनर्बीमक, स्वदेशी पुनर्बीमा ब्रोकर तथा तोकिएको प्रकृया पूरा गरी सूचीकरण नम्बर लिइसकेका विदेशी पुनर्बीमक र ब्रोकरहरूसँग मात्र बीमासम्बन्धी कारोबार गर्नुपर्ने व्यवस्था पनि प्राधिकरणले गरेको छ।




.gif)



