images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • वर–पीपल संरक्षणसँगै हिलेलाई पर्यटकीय गन्तव्य बनाउने...

वर–पीपल संरक्षणसँगै हिलेलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

वर–पीपल संरक्षणसँगै हिलेलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय भोजपुरको करिब रु सात लाख बजेटमा यहाँ वर–पीपल रोपनसँगै चौतारा निर्माण गरिएको हो ।डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाका अनुसार धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने वर–पीपलको संरक्षण गर्दै यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।

    images
    images

    “वर–पीपल हाम्रो परम्परा र जैविक विविधतासँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो,” प्रमुख मियाले भने, “यसको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौतारा निर्माण र वृक्षरोपणलाई प्राथमिकता दिएका छौँ ।”वडाध्यक्ष नभराज माङ्गफाहाङ्गले वर–पीपल अध्ययन केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिँदै यस क्षेत्रलाई ‘ऋषि वन’ का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताए। यहाँ आठ प्रजातिका वरका बिरुवा रोपिएका छन् । साथै गुराँसलगायत अन्य स्थानीय प्रजातिका बिरुवासमेत रोपण भइरहेको उनले जानकारी दिए।उनका अनुसार ‘वर–पीपल शमी चौतारी निर्माण कार्यक्रम’अन्तर्गत आफ्नो पहलमा चौतारा निर्माणसँगै वर–पीपल रोपन गरिएको हो। चौताराले स्थानीयवासीलाई विश्रामस्थल उपलब्ध गराउनुका साथै बाह्य पर्यटकलाई आकर्षित गर्ने थप आधार तयार पारेको छ।

    स्थानीयवासी नन्दकुमार तिम्सिनाले पछिल्लो समय वर–पीपलका रुखहरू मासिँदै गएको अवस्थामा संरक्षणसहित गरिएको यस्तो पहल सकारात्मक रहेको बताए। “चौतारीसहित वर–पीपल संरक्षण गरिनु सराहनीय छ,” उनले भने, “यसले गाउँको पहिचान जोगाउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुग्छ ।”स्थानीय समुदायको सहभागितामा सञ्चालन भएको यो कार्यक्रमले जैविक विविधता संरक्षण, धार्मिक–सांस्कृतिक सम्पदाको जगेर्ना तथा ग्रामीण पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। साथै, वन क्षेत्रको दिगो उपयोग र संरक्षणमार्फत स्थानीयलाई आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि राखिएको वन कार्यालयले जनाएको छ।वर–पीपल संरक्षणसँगै चौतारा निर्माण, हरियाली विस्तार र अध्ययन केन्द्र स्थापना जस्ता गतिविधिले दीर्घकालीन रूपमा टेम्केमैयुङ क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग स्थानीयवासीको भनाइ छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend