images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • रिलायबल समृद्धि योजनाले ८.४२ प्रतिशत नगद...

रिलायबल समृद्धि योजनाले ८.४२ प्रतिशत नगद लाभांश दिने

रिलायबल समृद्धि योजनाले ८.४२ प्रतिशत नगद लाभांश दिने

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं, साउन २८ गते । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले आफ्नो व्यवस्थापनमा सञ्चालित रिलायबल समृद्धि योजना (RSY) का इकाईधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images
    images

    क्यापिटलको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। योजनाले यसअघि पनि इकाईधनीलाई प्रतिफल प्रदान गर्दै आएकोमा यसपटक पनि आकर्षक लाभांश घोषणा गरेको हो।

    लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ १० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार भदौ ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरू घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images

    बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम इकाईधनीलाई लाभांश वितरण गरिने भएकाले योजनाका इकाईधनीले तोकिएको मितिभित्र आफ्नो स्वामित्व कायम भएको सुनिश्चित गर्नुपर्नेछ।

    रिलायबल समृद्धि योजना रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सामूहिक लगानी योजना हो। लाभांश घोषणासँगै योजनाका इकाईधनीले आफ्नो लगानीबाट प्राप्त गर्ने प्रतिफलबारे स्पष्टता पाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend